फेदीखेलामा भरुवा बन्दुक बरामद, हितकाजीसहित ३ जना पक्राउ
फेदीखोला । स्याङजा जिल्लामा प्रहरीले तीन जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
शनिबार राति प्रहरीले ६१ वर्षीय हितकाजी गुरुङ लगायत तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
फेदीखोला गाउँपालिका–१ रामकोटबाट बाह्र बोरको एकनाले भरुवा बन्दुक १ थान र ४ राउन्ड गोलीसहित उपल्लो कुडुले बस्ने ६१ वर्षीय हितकाजी गुरुङ लगायत तीन जना पक्राउ परेका छन् ।
उक्त बन्दुक बोकी शिकार खेल्न हिँडिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट मट्टीखानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
Published : Sunday, 2023 January 8, 12:24 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया