लोक दोहोरी प्रतिष्ठानमा नयाँ कार्यसमिति, थापा बने अध्यक्ष

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिमा नयाँ कार्यसमिति आएको छ ।

१७औँ साधारण सभा तथा छैटौँ अधिबेशनबाट अध्यक्षमा अर्जुन थापा निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा रामु खड्का, प्रथम उपाध्यक्षमा प्रसाद लामिछाने, द्वितीय उपाध्यक्षमा मदन परियार र महिला उपाध्यक्षमा शर्मिला कँडेल निर्वाचित भएका छन् ।

सचिवमा रमेशबाबु थापा, कोषाध्यक्षमा डोलराज बारघरे, सह–सचिवमा राजेश ढकाल, सह–सचिवमा दिनेश क्षेत्री, महिला सचिवमा सुनितामी परियार र सह–कोषाध्यक्षमा प्रितम थापा निर्वाचित भएका छन् ।

सदस्यहरूमा भूमिका गिरी, निर आले मगर, अञ्चल शाही, साधुराम रोका, शैलेश राना, आर.सी. कोइराला, दीपक आचार्य, मीरा गोर्खाली, विमल परियार निर्वाचित भएका छन् ।

डोल्मा लामिछाने, राजेश बर्देवा, रञ्जित परियार, प्रकाश पराजुली, प्रकाश खप्तरी मगर, दीपेन्द्र पुन, प्रकाश दुतराज, विशाल रायमाझी, निरु श्रीष मगर, सविता परियार, प्रतिभा सापकोटा, प्रेम अर्याल र क्षितिज गुरुङ सदस्यमा निर्वाचित भएका छन् ।

Published : Friday, 2023 January 6, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया