‘रोमियो जुलिएट’को नाङ्गो दृष्यमा ५५ वर्षपछि उजुरी

लसएञ्जलस । हलिउड फिल्म ‘रोमियो जुलिएट’विरुद्ध उजुरी परेको छ ।

५५ वर्षपछि फिल्मका कलाकारहरूले मुद्दा दर्ता गराएका हुन् ।

निर्देशक फ्रान्को जेफिरेली र प्यारामाउन्ट पिक्चर्सले सन् १९६८ मा दुई युवा कलाकारलाई लिएर ‘रोमियो एण्ड जुलियट’ नामक फिल्म बनाएका थिए ।

दुई युवा कलाकारले फिल्म निर्माण कम्पनी प्यारामाउण्टविरुद्ध एक नग्न दृश्यप्रति आपत्ति जनाउँदै मुद्दा दर्ता गरेका छन् ।
फिल्मका निर्देशक फ्रान्कोको सन् २०१९ मा निधन भइसकेको छ ।

उनी र फिल्म निर्माण कम्पनी प्यारामाउण्टलाई ५०० मिलियन डलरभन्दा बढी क्षति पूर्तिको माग गर्दै मुद्दा दर्ता भएको छ ।

‘रोमियो एण्ड जुलिएट’का मुख्य पात्र ओलिभिया हसी र लियोनार्ड ह्वाइटिङले झुट बोलेर फिल्ममा नग्न दृश्य छायांकन गर्न लगाएको आरोप लागाएका छन् ।

फिल्ममा भएको शय्यनकक्षको एक दृश्यले विवाद समेत उत्पन्न गराएको थियो । ह्वाइटिङको नितम्ब र हसीको नांगो स्तनका दृश्य समावेश छ ।

निर्देशक फ्रान्कोले उक्त दृश्य छायांकनको समय दुवै कलाकारलाई फिल्ममा कुनै नग्नता नभएको र उनीहरूले शय्यनकक्षको दृश्यमा छाला रंगको अण्डरगार्मेन्ट लगाउने आश्वासन दिएका थिए ।

त्यतिबेला दुवैको उमेर १५ र १६ वर्ष थियो । अहिले दुवै ७१ र ७२ वर्ष पुगिसकेका छन् ।

दुवै कलाकारले फिल्मका निर्देशक फ्रान्को र प्यारामाउन्ट पिक्चर्सविरुद्ध लस एन्जलस काउन्टी सुपिरियर कोर्टमा यौन शोषण र धोका दिएको आरोप लगाएका छन् ।

सन् २०१८ मा जुलियटको भूमिका निभाएका हसीले अन्तर्वार्तामा उक्त दृश्यको बचाउ गरेका थिए ।

आफ्नो उमेरका कलाकारले यस्तो काम नगरेको उनले बताए । उनले निर्देशक फ्रान्कोले यो दृश्य निकै उत्कृष्ट ढंगले खिचिएको र फिल्मको कथाको मागअनुसार आवश्यक रहेको भन्दै समर्थन गरेका थिए । अहिले दुवै जना आफ्नो उक्त बयानबाट पछि हटिरहेका छन् । एजेन्सी

Published : Thursday, 2023 January 5, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया