रसाईलीको संगीत र गायिका पन्तको स्वरमा ‘एउटा फूल’ रिलिज

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा ‘एउटा फूल’ बोलको गीत रिलिज भएको छ ।

लोकबहादुर रसाईलीको शब्द र संगीत रहेको गीतका एरेञ्जर कृष्ण पुन हुन् । गायिका पन्तले पछिल्लो समय स्वर दिएको ‘एउटा फूल’ आधुनिक गीत हो ।

गीतका संगीतकार रसाईलीले यसअघि पनि गायिका पन्तलाई गीत गाउन लगाइसकेका छन् । रसाईलीका गीत राम्रा मानिन्छन् ।

म्युजिक भिडियोमा बिक्रम चौहानको निर्देशन रहेको छ । भिडियोमा नरेश बिसी, दीपिका थापा र सरिता प्रजापतीको अभियन रहेको छ ।

Published : Thursday, 2023 January 5, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया