काठमाडौंमा व्यूरोद्वारा १० जना पक्राउ, महिलासहित ३ जना भाग्न खोजे

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो काठमाडौंले खैरो हेरोईन र नियन्त्रित लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।

व्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालका अनुसार विभिन्न स्थान र समयमा खैरो हेरोईन ७४ ग्राम, नियन्त्रित लागुऔषध ३००० एम्पुल, नाईट्राभेट ट्याब्लेट ४५००, चरेश १५५.५ ग्राम बरामद भएका छन् ।

व्यूरोले बिशेष निग्रानी तथा चेकजाच गर्दा काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट मानिसहरूलाई लागुऔषधसहित पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ ।

पुस १७ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ८ लालीगुराँस टोलस्थित सडक किनारमा फेला परेका सुजन कार्कीको साथबाट ३०० मिलीग्राम लागुऔषध बरामद भएको एसपएसपी खनालले बताए । कार्कीको कोठाबाट ६७.७ ग्राम खैरो हेरोईन र तराजु थान २ समेत बरामद भएको छ ।

कार्कीलाई प्रारम्भीक अनुसन्धानका गर्ने क्रममा अर्का लागुऔषधका कारोबारी प्रदीप राईलाई पनि पक्राउ गरिएको छ ।
राईलाई पुस १८ गते झापाको अर्जुनधारा नगरपालिका–३ बाट पक्राउ गरिएको छ ।

पुस १८ गते काठमाडौंको शम्भुमार्गस्थित सडक किनारमा फेला परेकी धनुषाको दिगम्बर स्थायी ठेगाना भएकी ५२ वर्षीया रेश्मा देवीलाई व्यूरोले खैरो हेरोईन ६ ग्रामसहित पक्राउ गरेको छ ।

व्यूरोले पुस १४ गते काठमाडौं चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाईन्टमा वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२ कि ४० वर्षीया सबिना खातुन, २७ वर्षीया सहनाज खातुन र ३३ वर्षीय शेष अमिर रहेका छन् । उनीहरू चेकजाँच गर्ने क्रममा नागढुंगा चेकप्पाईन्टबाट भाग्ने प्रयास गरेका थिए ।

व्यूराले डाईलेक्स–डीसी १५९ बोतल, नाईट्राभेट ४५०० ट्याबलेट, नुफिन लेखिएको १००० एम्पुल, फेनारगन लेखिएको १००० एम्पुल, डाईजेपाम लेखिएको १००० एम्पुल, नोफिने टाँस्ने स्टिकर ४६८ थान पनि बरामद भएको छ ।

व्यूराले पुस १७ गते ठमेलमा विदेशी पर्यटकलाई लागुऔषध बिक्री गर्ने गोरखाको आरुघाटका ४३ वर्षीय ओनारयण श्रेष्ठलाई चरेश १२२ ग्रामसहित पक्राउ गरेको छ ।

काठमाडौंका ३४ वर्षीय सुरेन्द्र नेपालीलाई चरेश ९ ग्राम र दोलखाको मेलुङका ३६ वर्षीय विकास परियारलाई चरेश २४.५ ग्रामसहित पक्राउ गरेको छ ।

व्यूरोले पुस १३ गते गोकर्णेश्वरस्थित सडक किनारबाट २५ वर्षीय रोशन श्रेष्ठ र २७ वर्षीय मनोज लामालाई ८ बोतल कोडिनसहित पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2023 January 4, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया