‘पठान’को गीत चोरीको भएको खुलासा

मुम्बई । विवाद र आलोचना खेप्दै आएको भारतीय फिल्म ‘पठान’ अर्को गम्भीर विवादमा परेको छ ।

‘पठान’को ‘बेशराम रंग’ बोलको गीत विदेशी गीतबाट चोरी भएको आरोप लागेको छ । यो गीत पाकिस्तानी गीतबाट चोरी गरेको आरोप छ ।

नायक शाहरूख खान र नायिका दीपिका पादुकोण अभिनित ‘पठान’को गीत चोरीको भनेर आरोप लागेपछि भारतमा बबण्डर भएको छ ।

शाहरूख खान ‘पठान’को गीतलाई लिएर निकै चर्चामा छन् ।

‘पठान’को टिजर रिलिज हुँदा दर्शकले निकै रुचाएका थिए । फिल्मको ‘बेशराम रंग’ गीत पनि मन पराएका थिए ।

गीत सार्वजनिक भएसँगै विवाद शुरु भयो । गीतमा नायिका दीपिका पादुकोणले लगाएको विकिनीको रंगलाई लिएर विवाद भएको थियो ।

‘पठान’ फिल्मलाई प्रतिबन्ध लगाउन भारतमा माग समेत उठेको थियो । विभिन्न ठाउँमा ‘पठान’को विरोध हुँदा प्रतिबन्धको चेतावनी समेत आएका थिए ।

‘पठान’को टिमविरुद्ध उजुरी दर्ता समेत भएका थिए । उजुरी परेपछि शाहरूख खान र दीपिका पादुकोण झन् तनाबमा परेका छन् ।

‘पठान’को गीत चोरी गरेको आरोप लागेपछि फिल्मको निर्माण टिम झन् समस्यामा परेको छ ।

पाकिस्तानी गायक सज्जाद अलीले निर्मातामाथि गीत चोरेको आरोप लगाएका छन् ।

गायक सज्जाद अलीले ‘बेशरम रंग’ गीत ‘अब के हम बिछडे’ गीतसँग मिल्दोजुल्दो रहेको बताएका छन् ।

‘अब के हम बिछडे’ सज्जादको पुरानो गीत रहेको बताएका छन् । उनले गीत २६ वर्ष अगाडि गाएको बताएका छन् ।
‘पठान’ फिल्म २५ जनवरीबाट रिलिज हुँदैछ ।

‘पठान’ करिब २ सय ५० करोड भारतीय रुपियाँको लगानीमा बनेको छ ।

फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्रहमको मुख्य भूमिका रहेको छ । एजेन्सी

Published : Monday, 2023 January 2, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया