स्रोत नखुलेको भारतीय रूपियाँसहित २ जना पक्राउ

गौर । प्रहरीले रौतहटबाट स्रोत नखुलेको भारतीय रुपियाँ साढे ४ लाखसहित एकजनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपियाँसहित २ जनालाई सोमबार बिहान पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा भारतको मोतीहारी गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजातकुमार मालाकार र सोही ठाउँ बस्ने २२ वर्षीय संजिवकुमार तिवारी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपियाँ बरामद भएको थियो ।

भारतीय स्रोत नखुलेको रकमका विषयमाप्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2023 January 2, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया