काठमाडौं जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेल्ने ९ जनाको समूहलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगर डेरा गरी बस्ने चितवनको भरतपुर महानगरपालिका–१८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठाबाट जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा होमनाथ ढकालसमेत ९ जना रहेका छन् । उनीहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार रुपियाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको छ ।

Published : Friday, 2022 December 30, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया