काण्ड गरेर भागेका दुई जनालाई सीआईबीद्वारा भरतपुरमा पक्राउ

काठमाडौं । चितवनको भरतपुरमा बलत्कारको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीय अमित पौडेल र भरतपुर महानगरपालिका–२७ बस्ने ५५ वर्षीय प्रेमबहादुर गुरूङलाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा अमितलाई जिल्ला अदालत चितवनको २०६६ असार ३१ गतेको फैसलाले ५ वर्ष कैद गरेको छ ।

प्रेम बहादुरलाई जिल्ला अदालत चितवनको २०७४ माघ २२ गतेको फैसलाले ४ वर्ष कैद ठहर गरेको छ ।

कैद र जरिवाना फैसला भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो ।

पौडेलले २०६५ असार ११ गतेको दिउँसो ८ वर्षीया बालिकालाई ललाई फकाई उनकै घरमा जबरजस्ती करणी गरेको घटनामा र प्रेम बहादुरले २०७२ चैत ४ गते साँझ एक महिलालाई नारायण नगरपालिका–१ स्थित एक होटल पछाडि ललाई फकाई जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय चितनव पठाइएको छ ।

Published : Saturday, 2022 December 24, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया