एनआईसीले हजारौंलाई निरास बनायो, कोषमा पुँजी नै छैन

काठमाडौं । एनआईसी एशिया बैंकले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

एआईसी एशियारले यो वर्ष आफ्ना सेयरधनीलाई लाभांश नदिएपछि सेयरधनीहरू निराश बनेका छन् ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरणहरू पारित गरेको छ । सेयरधनीहरूलाई बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकले गत वर्ष पनि सेयरधनीहरूलाई लाभांश वितरण गरेको थिएन । त्योभन्दा अघिल्लो वर्ष भने २० प्रतिशत लाभांश दिएको थियो ।

सेयरधनीलाई लाभांश वितरण नगर्ने सञ्चालक समितिको निर्णय अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश हुनेछ ।

तोकिएको पुँजी कोष कायम राख्न नसक्दा बैंकले लगातार दुई आर्थिक वर्ष लाभांश वितरण गर्न सकेको छैन ।

Published : Wednesday, 2022 December 21, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया