कम्युनिस्ट समर्थक सहकारी बैंकमा उप्रेती निर्विरोध, अरु पदमा लफडा

काठमाडौं । कम्युनिस्ट समर्थक राष्ट्रिय सहकारी बैंक लिमेडेटको सञ्चालक समिति अध्यक्षमा केबी उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।

उप्रेती दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । उप्रेती कम्युनिस्ट समर्थक मानिन्छन् ।

सञ्चालक समितिको चुनावका लागि भएको उम्मेदवारी मनोनयनमा उप्रेतीको मात्र दरखास्त परेपछि निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

समितिमा प्रदेशगत, खुल्ला र महिला कोटाबाट उम्मेदवारी दिएका केही सदस्य निर्विरोध भएका छन् ।

बाँकी पदाधिकारी र सदस्यमा चुनाव हुनेछ । निर्वाचन समितिका अनुसार गण्डकी प्रदेशबाट रामबहादुर जिसी निर्विरोध भएका छन् । मधेशबाट विश्वनाथ मण्डल निर्विरोध भएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडमा एमाले समर्थक कम्युनिस्टको बहुल्यता छ ।

नेपाली कांग्रेस निकटका सहकारी सञ्चालकहरूले नेपाल सहकारी बैंक ल्याउने प्रयास गरिरहेका छन् । सहमति हुन नसकेमा निर्वाचन हुनेछ ।

Published : Wednesday, 2022 December 21, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया