बिक्रम र सुनिताको स्वरमा ‘पागल मान्छे’, अमृतको सम्पादन
काठमाडौं । अमृत चापागाइँको सम्पादन रहको ‘पागल मान्छे’ बोलको गीत रिलिज भएको छ ।
शुक्रबार एचएसएस ग्रुप ईन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज भएको ‘पागल मान्छे’मा गायक बिक्रम परियार र गायिका सुनिता बुढाले स्वर दिएका छन् ।
गीतको शब्द प्रकाश दर्लामी ‘शीतल’को रहेको छ । संगीत कृष्ण गाह मगरको रहेको छ । एरेञ्ज पूर्ण संयोगको रहेको छ ।
गायक बिक्रम परियारले यसअघि पनि स्वर दिएका गीतहरू निकै लोकप्रिय भएका छन् । गायिका सुनिता बुढा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् ।
गीतको म्युजिक भिडियोलाई सम्पादन गरेका अमृत चापागाइँले एक हजारभन्दा धेरै गीतमा सम्पादनको काम गरिसकेका छन् ।
सानै उमेरमा चापागाइँले म्युजिक भिडियोको क्षेत्रमा राम्रो काम गरिसकेका छन् ।
विनोद सुन्दास, अञ्जु निरौला र ओम श्रेष्ठको अभियन रहेको म्युजिक भिडियोका निर्देशक विनोद सुन्दास हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया