बत्तीसपुतलीमा प्रेसिडेन्ट सेकुवाको १५औँ शाखा, प्रशस्त पार्किङ र सुविधाहरू

काठमाडौं । हस्पिलाटीको क्षेत्रमा क्षेत्रमा ख्याती कमाएको प्रेसिडेन्ट बिजनेश ग्रुपले आफ्नो १५औँ आउटलेट खोल्न लागेको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित मूल सडकमै जोडिएको घरमा आउटलेट खोलिएको प्रेसिडेन्टका अध्यक्ष एवम् सञ्चालक शंकर भण्डारीले जानकारी दिए । उनले केही दिनभित्र औपचारिक रुपमा रेष्टुरेन्ट सञ्चालन हुनेछ ।

हस्पिलाटीमा ख्याती कमाएको ग्रुपले रेष्टुरेन्टलाई तीब्र रुपमा अगाडि बढाउँदै आएको छ । २०६२ सालदेखि प्रेसिडेन्ट बिजनेश ग्रुपले हस्पिलाटीको क्षेत्रमा काम गर्दै आएको छ ।

उनले भने, ‘काठमाडौं, चितवन, लुम्बिनीसहितका विभिन्न स्थानमा गरेर हाम्रो धेरै आउटलेट छन् । बत्तीसपुतलीको आउटलेट १४औँ हो । हाम्रा आउटलेटहरू काठमाडौं र ललितपुरमा धेरै छन् ।’

खसीको मासुलाई सेकुवासहित विभिन्न परिकारमा ग्राहकलाई सेवा दिँदै आएको प्रेसिडेन्टले काठमाडौं उपत्यकाभित्र जालो बनाइकेको छ । प्रेसिडेन्टमा सेकुवाका साथै सबै प्रकारका (मल्टिुक्वीजेन) खानेकुरा पाइन्छ । प्रेसिडेन्टको परिकारहरूको मूल्य पनि धेरै महँगो नरहेको अध्यक्ष भण्डारी बताएका छन् । सबै समूहका उपभोक्ताले सेकुवा खान सकुन् भनेर सोहीअनुसारको मूल्य राखिएको उनले बताए ।

बत्तीसपुतलीको होटेल द्वारिका र पेट्रोल पम्प नजिकै मूल सडकमा प्रेसिडेन्टको आउटलेट रेष्टरेन्ट खुलेको छ ।

बत्तीसपुतलीमा सबै उपभोक्ता समूहलाई ध्यानमा राखेर प्रेसिडेन्टले रेष्टुरेन्ट खोलेको छ । नेपाली खानाको स्वाद दिँदै आएको प्रेसिडेन्टले सस्तो र स्टार लेबलको सेवा दिने उदेश्य रहेको अध्यक्ष भण्डारीले बताएका छन् ।

‘स्वच्छ वातावरण, सरल ठेगाना, उच्चस्तरीय सेवा, स्वादिष्ट खाना’ मूल नाराका साथ प्रेसिडेन्टले सेवा दिँदै आएको छ ।

काठैकाठको घरलाई पूरानो शैलीमा सजाइएको छ । नानीबाबुलाई खेल्नको लागि सानो ठाउँ पनि बनाइएको छ । खुला र गोप्य कोठाहरू पनि प्रशस्त छन् ।

रेष्टुरेन्टमा भित्र र बाहिर दुबैतर्फ बसेर पारिवारिक वातावरणमा सेकुवा, मदिरा, कफी, लन्च, डिनर खान मिल्ने सुविधा रहेको अध्यक्ष भण्डारीले बताएका छन् । प्याकिङ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ ।

भण्डारीले प्रेसिडेन्ट सेकुवाकै अर्को भागमा गेष्ट रुमका लागि अत्यन्तै सुविधा सम्पन्न ६ वटा रुम पनि बनाएको बताएका छन् ।

करिव १५० जना अटाउने हल पनि रहेको छ । हलमा जन्मदिन, बैठक, सेमिनार, पत्रकार सम्मेलन वा पारिवारिक जमघट गर्न मिल्ने भण्डारीले बताएका छन् ।

बत्तीसपुतलीको रेष्टुरेन्टमा पार्किङको प्रशस्त व्यवस्था छ । गाडी र मोटरसाईकलहरू पार्किङमा राखेर सिधै रेष्टुरेन्टमा जान मिल्छ ।

प्रेसिडेन्ट सेकुवाका अध्यक्ष भण्डारी रेष्टुरेन्टको क्षेत्रमा सफल व्यवसायी मानिन्छन् । उनी होटेल व्यवसायी महासंघका केन्द्रीय सचिव पनि हुन् । समाजसेवामा पनि उनको रुची छ । रेष्टुरेन्टसहितका व्यवसायबाट कमाइ हुने केही प्रतिशत रकम उनले बेलाबेला समाजसेवामा लगाउँदै आएका छन् ।

Published : Friday, 2022 December 16, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया