गायिका आस्थाले अमेरिकामा तोरीको फूल देखिन्
काठमाडौं । गायिका आस्था राउतप्रति शंका लागेपछि अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ ।
गायिका राउतलाई अमेरिकाको डालस अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाइदिएको हो । राउतलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ ।
पर्यटक भिसामा गायिका राउत सांगीतिक कार्यक्रमका लागि भनेर अमेरिका उडेकी थिइन् ।
अमेरिकी कानूनअनुसार पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न पाइँदैन । आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको गायिका राउतले बताएकी छिन् ।
डिसेम्बर १० मा आफू अमेरिका पुग्दा अध्यागमनका अधिकारीले पर्यटकको भिसामा आएर साँगीतिक कार्यक्रममा सहभागी हुन नपाउने जनाएको राउतले उल्लेख गरेकी छिन् ।
पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमनका अधिकारीहरूले राउतलाई सुझाव दिएका छन् ।
अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको साँगीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।
आफू कन्सर्टमा सहभागी हुन नपाएपछि आस्थाले दुःख व्यक्त गरेकी छन् । नेपाली कलाकारहरू अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोपका देशहरूमा छिर्न विभिन्न बहाना बनाउने गरेका छन् ।
नेपाली कलाकारहरूको हर्कतबाट दिक्क भएको अमेरिकाले गायिका राउतलाई छिर्न नदिएर सबक सिकाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही वर्ष अगाडि सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेर उत्पात मच्चाएकी गायिका राउतलाई अमेरिकामा सुरक्षाकर्मीले गतिलो सबक सिकाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया