पावरफुल उद्योमीले सम्हाले माछापुच्छ्रे बैंकको जिम्मेवारी

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

डा.महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथागोपनीयताको सपथ लिएका हुन् ।

सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समितिका सदस्य एवं प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२औँ सञ्चालक समितिको बैंठकले डा.महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

डा.महतो राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा सफल उद्यमीको छवि बनाइसकेका छन् । डा.महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

Published : Sunday, 2022 December 11, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया