हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द, मोटर मर्मत हुँदै

हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग विद्युतीय उपकरण (मोटर) बिग्रँदा बन्द भएको छ ।

दुई हप्ताअघि बिग्रिएको मोटर बन्न सकेको छैन । मोटर बनाउन नसक्दा सिमेन्ट उत्पादन बन्द भएको छ ।

स्थानीय पत्रकारहरूसँग कुरा गर्दै हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जनशक्ति अभाव हुँदा मर्मतको लागि समय लागेको बताएका छन् ।

विद्युतीय उपकरण विग्रेपछि क्लिङकर उत्पादन गर्न सकिएको छैन । उद्योगमा कम जनशक्तिबारे उद्योग मन्त्रालयलाई जानकारी गराएको पाण्डेले बताएका छन् ।

हेटौँडा सिमेन्ट उद्योगले दैनिक १४ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सिमेन्ट उद्योग मकवानपुरको हेटौँडा उप–महानगरपालिका ९ मा रहेको छ ।

पाण्डेले हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकको कमाण्ड सम्हालेपछि योसहित दुई पटक मोटर बिग्रिएर उत्पादन बन्द भएको छ ।

Published : Tuesday, 2022 December 6, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया