बाग्लुङका दुई जना सुन चोर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाग्लुङले सुनका गरगहना चोरी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तमानखोला गाउँपालिका–३ का ३० वर्षीय पूर्णबहादुर तोम्ता र वडा नं. १ का १९ वर्षीय चुमान पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताएका छन् ।

प्रहरीले तोम्ता र पुनसँग सुनका गरगहना पनि बरामद गरेको छ ।

मंसिर १३ गते साँझ तोम्ताले तमानखोला–४ बस्ने ८६ वर्षीया ख्रमती छन्त्यालको ३ तोला ९ लालको सुनको सिक्री लुटेर फरार भएका थिए ।

पुनले मंसिर १५ गते साँझ पुनले जुना रानाले काठको बाकसमा राखेको २ तोला ९७ लालको सुनको सिक्री चोरेर फरार भएका थिए ।

तोम्ता र पुनलाई मंसिर १६ गते नियन्त्रणमा लिई जिल्ला अदालत बाग्लुङबाट सात दिन म्याद गरे अनुसन्धान कार्य भइरहेको एसपी ज्ञवालीले बताएका छन् ।

Published : Monday, 2022 December 5, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया