ग्लोबल, मेगासहितका यी अटेरी बैंकलाई कारबाही, राष्ट्र बैंकले ढाड खुस्काइदियो

काठमाडौं । कृषि विकास बैंकसहित निजी क्षेत्रका बाणिज्य बैंकहरू कारबाहीमा परेका छन् ।

नियम उल्लंघन गर्ने ९ बैंकहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारवाहीमा पर्ने बैंकहरूमा कृषि विकास बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक र ग्लोबल आइएमई बैंक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरूले तोकिएको नियम उल्लंघन गरेपछि कारबाही भएको छ ।

सनराइज र मेगा बैंक धेरै पटक कारबाहीमा परेका छन् । उनीहरूलाई ३ पटकसम्म कारबाही भएको छ ।

बैंक अफ काठमाण्डू २ पटक कारवाहीमा परेको छ ।

सनराइज बैंक र मेगा बैंकले आधार दरभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरेकोले कारवाहीमा परेका हुन् ।

प्रभु बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक र प्राइम बैंकलाई राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरू रोक्का नराखेका कारण कारबाहीमा परेका छन् ।

कृषि विकास बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम उल्लंघन गरेको भन्दै २० लाख रुपियाँ जरिवाना भएको छ ।

विपन्न वर्गमा तोकिएको सीमामा कर्जा प्रवाह नगरेको भन्दै राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई कारबाही गरेको छ । बैंक अफ काठमाण्डू दोस्रो पटक कारबाहीमा परेको छ ।

बैंक अफ काठमाण्डूले २ करोड ११ लाख ८५ हजार ६० रुपियाँ ६७ पैसा हर्जाना तिरेको छ ।

राष्ट्र बैंकका अनुसार नियम विपरीत कर्जाको प्रिमियम दर बढाएर ब्याज असुल गर्ने सनराइज बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक र मेगा बैंकलाई कारवाही भएको छ ।

निजी बैंकहरूले आफू खसी हर्कत गर्न खोजेपछि राष्ट्र बैंकले कारबाहीको डण्डा चलाएको छ । आवश्यक्ता पर्दा जरिवाना समेत भराएको छ ।

Published : Wednesday, 2022 November 30, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया