लेबनानमा गायकद्वय प्रमोद खरेल र बादल थापा थुनिए

काठमाडौं । लेबनानमा स्थानीय सुरक्षाकर्मीले नेपाली गायकद्वय प्रमोद खरेल र बादल थापालाई नियन्त्रणमा लिएर छाडेको छ ।

उनीहरुलाई लेबनानको अध्यागमनले २० घण्टासम्म नियन्त्रणमा लिएको हो ।

उनीहरु सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका थिए ।

खरेल र थापालाई लेबनानको अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएपछि खैलाबैला भएको छ ।

उनीहरुको भिसामा शंका लागेपछि लेबनानको राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएका हुन् ।

उनीहरु साइप्रस नपुग्दा त्यहाँ नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस स्थगित भएको छ ।

कोष ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुसनले कार्यक्रम आयोजना गरेका थिए ।

अध्यागमनले रोकेपछि केही दिनमा आफूहरु नेपाल फर्किन लागेको गायक थापाले बताएका छन् ।

कार्यक्रम समयमा नभएपछि टिकट काटेका दर्शकले असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा समेत लेखेका छन् ।

बेलाबेला नेपाली कलाकारहरु विदेशमा जाने क्रममा विवादमा पर्ने गरेका छन् । उनीहरुलाई अध्यागमनले रोकेर नियन्त्रणमा लिने गरेको छ ।

Published : Sunday, 2022 November 13, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया