गायिका बानियाँले पति छाडिन्, अदालतबाट छाडेपत्र भयो

काठमाडौं । लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन् ।
बिहीबार काठमाडौं जिल्लामा बानियाँ र क्षेत्रीले सम्बन्ध विच्छेद गरेका हुन् ।
सहमतिमा सम्बन्ध विच्छेद गरेको गायक क्षेत्रीले बताएका छन् ।
छोरीको लालनपालन क्षेत्रीले गर्नेछन् । छोरी उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ ।
सम्बन्ध विच्छेद गरेपछि गायिका बानियाँले पैसाको कुरामा मतभेद भएको बताएकी छिन् ।
बानियाँले भनेकी छिन्, ‘उहाँले मलाई भन्दा पनि मैले कमाउने पैसालाई प्रेम गर्नुभएको रहेछ ।’
‘मैले कमाएको पैसा उहाँको आमाछोराको नाममा राख्नु पर्ने बाध्यता थियो’, बानियाँले भनेकी छिन्, ‘पैसाकै कारण आज हामी यो स्थितिमा पुग्यौं ।’
‘तँ सँग विवाह गरेर मेरो बदनाम भयो’, उनले भनेकी छिन्, ‘मलाई कस्ता–कस्ता केटीले कुरेर बसेका थिए ।’
उनले भनेकी छिन्, ‘न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसे भन्दै मानसिक यातना दिइरहनु हुन्थ्यो ।’
बानियाँ र क्षेत्रीबीच २०७६ माघ १ गते विवाह भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया