सपनाको हत्या गर्ने रघुनाथ पक्राउ, यस्तो थियो उनीहरूको नाता

काठमाडौं । झापा जिल्लामा आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या अभियोगमा प्रहरीले ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका रघुनाथलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानीखाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले रघुनाथलाई पक्राउ गरेको छ ।

हत्याको घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2022 November 10, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया