गायिका पलकले विवाह गरिन्
मुम्बई । भारतीयकी चर्चित गायिका पलक मुछालले विवाह गरेकी छिन् ।
पलकले संगीतकार मिथुनसँग विवाह गरेकी हुन् । नोबेम्बर ४ गतेदेखि दुवैको विवाहको कार्यक्रम सुरू भएको थियो ।
उनीहरूको नोभेम्बर ६ मा विवाह सम्पन्न भएको थियो ।
यो विवाहमा जोडीका परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी भएका थिए ।
पलक र मिथुनले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
तस्बिरहरू सेयर गर्दै लेखेका छन्, ‘आजबाट हामी दुवै सधैंका लागि एक भएका छौं ।’
उनीहरूको मागी विवाह भएको छ । उनीहरूले साँगीतिक क्षेत्रमा सँगै काम गरिसकेका छन् ।
दुवैको विवाह पारिवारिक साथीभाइले तय गरेका थिए ।
पलकका आमाबुवाले मिथुन र उनको परिवारलाई भेटेपछि सम्बन्ध अझै गहिरिएको थियो ।

Published : Tuesday, 2022 November 8, 1:17 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया