शाहरूख खानले बनाएको फिल्म ‘जवान’को कथा चोरेर ल्याएको खुलासा
मुम्बई । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’विरुद्ध कथा चोरीको आरोप लागेको छ ।
कथा चोरीको आरोपपछि ‘जवान’का निर्देशन एटली कुमार विवादमा परेका छन् ।
निर्देशक एटलीमाथि अर्को फिल्मको कथाबाट जवानको कथा चोरेको आरोप छ ।
मणिकम नारायणन नामका फिल्म निर्माताले एटलीविरुद्ध तमिल फिल्म प्रोड्युसर काउन्सिलमा उजुरी दिएका छन् ।
उनले ‘जवान’को कथा तमिल फिल्म ‘पेरारसु’सँग मिल्दोजुल्दो रहेको दावी गरेका छन् ।
निर्देशक एटलीविरुद्ध कथा चोरी गरेको आरोप लागेको यो पहिलो पटक भने होइन ।
शाहरुख ‘जवान’मा दोहोरो भूमिकामा छन् । फिल्मको वास्तविक कथा के हो भन्ने खुल्न सकेको छैन ।
सन् २००६ मा रिलिज भएको फिल्म ‘पेरारसु’को कथा चोरी गरेको आरोप मणिकमले लगाएका छन् ।
एटलीमाथि लागेको आरोप साँचो हो कि होइन, ७ नोभेम्बरपछि तमिल फिल्म प्रोड्युसर काउन्सिलका सदस्यहरूले छानबिन गरेपछि थाहा हुनेछ ।
‘जवान’मा गौरी खान निर्माता रहेकी छिन् । गौरी शाहरुख खानकी पत्नी हुन् ।
फिल्ममा शाहरुख खान, नयन तारा, प्रियमणि, सान्या मल्होत्रा, सुनिल ग्रोवर र योगी बाबुलगायतको अभिनय रहनेछ । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया