नायिका दिशा पटानीको स्मरणशक्ति गुमेको खुलासा

मुम्बई । बलिउड नायिका दिशा पटानीले आफ्नो स्मरशक्ति गुमेकी बताएकी छिन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नायिका पटानीले तालिमको क्रममा कंक्रीटको छतबाट खसेर टाउकोमा चोट लागेको बताएकी छिन् ।

सोही चोटका कारण स्मरणशक्ति गुमेको नायिका पटानीले बताएकी हुन् ।

पटानीले फिल्म सुटिङका क्रममा जिम्यास्ट्रिक खेल्ने क्रममा आफ्नो टाउकोमा चोट लागेको बताएकी छिन् ।

टाउकोमा चोट लागेको कारण नायिका पटानीको स्मरणशक्ति गुमेको थियो ।

नायिका पटानीले त्यस समय करिब ६ महिनासम्म स्मरणशक्ति गुमाएको खुलासा गरेकी छिन् ।

जिम्यास्ट्रिक खेल्ने क्रममा पटानीले उल्टो पल्टिदै गर्दा टाउकोमा चोट लागेको थियो ।

हाल उनी पूरै निको भइसकेकी छिन् । आफ्नो फिटनेसलाई लिएर निकै गम्भीर छिन् ।

घण्टौंसम्म जिममा पसिना बगाउनुका साथै उनी जिम्यास्ट्रिक पनि गरिरहेकी छिन् ।

नायिका पटानी फुर्शदको समयमा जिम्यास्ट्रिक गरिरहेकी हुन्छिन् ।

छोटो समयमा नायिका पटानी दर्शकमाझ लोकप्रिय बनेकी छिन् । एजेन्सी

Published : Sunday, 2022 November 6, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया