आलिया भट्टले बच्चा जन्माइन्

मुम्बई । बलिउड नायिका आलिया भट्टले छोरी जन्माएकी छिन् ।

नायक रणवीर कपूरसँग विवाह गरेकी आलियाले छोरी जन्माएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

आलियाले पहिलो सन्तानको रुपमा छोरी जन्माएपछि रणवीरको परिवारमा खुसी छाएको छ ।

आलियाले आफ्नो इन्स्टाग्राममार्फत छोरीको आमा बनेको जानकारी दिएकी छिन् ।

आलियाले आइतबार एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

आलिया र रणवीरले गत वैशाख १ गते विवाह गरेका थिए । विवाहको २ महिनामै आलिया र रणवीरले आफूहरू आमा बाबु बन्न लागेको घोषणा गरेका थिए । एजेन्सी

Published : Sunday, 2022 November 6, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया