शंकर क्षेत्रीले बबिता बानियाँ ‘जेरी’का कर्तुतहरू खोले, प्रमाणहरू अदालतमा पेश

शंकर क्षेत्री, गायक, लोक दोहोरी गीत

गायक शंकर क्षेत्री र गायिका बबिता बानियाँ ‘जेरी’बीच सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्धा दर्ता भएका बेला बबिताले विभिन्न लाञ्छनाहरू लगाएपछि शंकरले ‘के छ नेपाल’ नामक युट्युब च्यालनमार्फत जवाफ दिएका छन् । सोही युट्युबबाट साभार गरेर शंकरको भनाइ सम्पादन गरेर राखिएको छ :

विवाहसम्म आउँदा हाम्रोसम्बन्धबारे धेरैलाई थाहा भइसकेको थियो । बबिता बानियाँ ‘जेरी’लाई विवाह नहुँदै त्यसरी लिभिङ टुगेदरमा नबस भनेर आफन्तले सम्झाउनु भएको थियो । दुबै परिवारको सरसल्लाहमा विवाह गरेका हौँ । विवाह हुँदा सुरुको समयमा राम्रो थियो । विवाह भएको ७ महिनामा बच्चा जन्मिएको हो । बबिता बानियाँजी अलिक एग्रेसिभ टाइपको हुनुहुन्छ । बच्च भएपछि सबैले चिन्न थाले त्यसपछि उहाँमा घमण्ड जाग्न थाल्यो । पैसा कमाउन थालेपछि झुठ बोल्ने । प्रष्ट व्यवहार नगर्ने गर्न थाल्नुभयो । त्यसपछि सम्बन्धमा तिक्तता आउन थाल्यो ।

मायाँमा मैले कहिल्यै पनि कमी आउन दिइन । आफ्नै रोधीघर बनाएर व्यवसाय गर्‍यौँ । मेरो कुराहरू पछिल्लो समयमा सुन्न छाड्नुभयो । मेरो मात्रै कुरा हुनुपर्छ भनेर निर्णय लाद्न थाल्नुभयो । त्यसपछि मलाई चित्त दुख्न थाल्यो ।

उहाँले धेरै पैसा कमाउनुभएको भन्नेछ । बबिता बानियाँजीलाई बोलाएर सोध्नु होला उहाँले मेरो घरमा एक बोरा चामल पनि किन्नुभएको छैन । मसँग भेट्दा पनि ऋणमा छु भन्नु हुन्थ्यो । अहिले पनि सायद उहाँ ऋणमै हुनुहुन्छ होला । उहाँलाई ब्याज तिर्नुपर्छ । कता कता पैसा तिर्नुपर्छ मलाई केही पनि थाहा हुँदैन । उहाँको पैसा कहाँ लगेर राख्नु हुन्छ, कसलाई दिनु हुन्छ मलाई केही पनि भन्नु हुदैन । मैले त्यो कुरा सोध्दा एक पटक महाभूकम्प आयो त्यसपछि मैले सोध्न छाडे । श्रीमतीबाट डिपेन्ट हुने मान्छे होइन भन्ने मलाई लाग्यो । पैसाले गर्दा घरव्यवहारले बिग्रिएको होइन । उहाँले र मैले आधा व्यहोरेका हौँ । उहाँको पैसाको आश गरिन । बरु मेरो पैसा नै धेरै गएको छ ।

छोरी जन्मिएपछि उहाँमा परिपक्वता आउँछ कि भन्ने थियो । झन् निराश भएँ । उहाँले झुण्डिएर मरिदिन्छु भन्नु हुन्थ्यो । व्यवसाय, नाम र दाम भएपछि उहाँ मात्तिनुभयो कि जस्तो लाग्यो मलाई । कुरै नसुन्ने । घरमा आएर झगडा गर्ने । घरमा भन्दा माइतमा बस्न पाए हुन्थ्यो भन्ने । उहाँ माइतमा बस्न लागेको अहिले पनि ढेड वर्ष हुन लाग्यो । मैले फकाएर ल्याएँ । मसँग एक दिन बसेपछि दुई दिन माइत बस्नु हुन्थ्यो । उहाँले घर पनि सम्हाल्नुपर्छ भन्ने थाहा नभएको जस्तो लाग्यो । मेरो बुबा र आमा लिएर सम्झाउन गएँ । उहाँलाई स्वतन्त्रता पुगेन रे ? उहाँलाई कस्तो खालको स्वतन्त्रता चाहिएको हो । विदेश पनि जानुभयो, कार्यक्रमहरूमा पनि जानुभयो । मबाट विश्वास गर्ने कुरामा कमजोरी भयो होला । आफूले छोरी जन्माएको श्रीमतीलाई धोका दिनुभनेको राम्रो होइन । धोका मलाई भएको छ । घरमा भन्दा बाहिर बस्न रुचाउनुभयो । केही आशंका पनि भएका होलान् । धेरै पटक सम्झाएर ल्याएँ । त्यसपछि तिमी आफ्नो हिसावले बस, म आफ्नो हिसावले बस्छु भनेको हो । मेरो चाहना डिभोर्स गर्ने होइन । हिजोका गल्तीहरू सुधार गर्ने हो भने अहिले पनि मिलेर बस्न चाहन्छु । उहाँ मिलेर बस्न सक्नु हुन्नछ । उहाँ कस्तो जन्जालमा फस्नुभएको छ त्यो मलाई थाहा छ । उहाँ आउन सक्नु हुन्न ।

विवाहित महिला सधैँ माइत बस्ने हो भने जीवन अगाडि जाँदैन । सहमतिमा हामीले डिभोर्स गर्दै छौँ । योभन्दा धेरै कारणहरू छन् । उहाँले भने जस्तै डिभोर्समा साइन भएको दिनमा मात्रै ती कुराहरू गर्नेछु । मैले धेरै कारणहरू खुलाएर अदालतमा मुद्दा दर्ता गराएको छु । बिना प्रमाणका कारणहरू त्यहाँ लेख्न मिल्दैन । प्रमाणसहितका कारणहरू म बताउनेछु ।

सम्पत्ति भनेको कुरा मैले के कमाउन सकेको छु र ? व्यवसायबाटको आम्दानी ऋण तिर्न परेको छ । केही पनि सम्पत्ति जोड्न सकेको छैन । हामीसँग केही पनि सम्पत्ति छैन भन्ने कुरा उहाँलाई थाहा छ । उहाँले सम्पत्ति दाबी गर्नुभएको छैन । बच्चाको शिक्षा र दीक्षा लिने मैले हो । बच्चाको सबै दायित्व बाबुले लिने भनेर मुद्दामा खुलाएको छु । छोरीलाई एक हप्ता अगाडि भेटेको थिएँ । उहाँले सम्बन्ध कसरी टुंग्याउने हो टुंग्याउँ भनेर मलाई भन्नुभएको हो । सहमतिमा डिभोर्स मुद्धा दर्ता गराएका हौँ । उहाँ विदेश जान लागेको भन्ने कुरा सुनेको छु । मभन्दा उमेरमा उहाँको बढि छ । बच्चा नजन्माउ भनेर उहाँ र उहाँका आफन्तले भनेका थिए । मेरो करमा बच्चा जन्माएका हौँ ।

अहिले के हल्ला भयो भने बबिता बानियाँसँग शंकर क्षेत्रीले आफ्नो स्वार्थको लागि साथ गर्‍यो । एउटा चलेको कलाकारसँग आफू पनि माथि पुगिन्छ कि भन्ने आशले संगत गर्‍यो । पैसा देखेर सँगत गरेको भन्छन् । उहाँको नाम र दाम नहुँदादेखि मेरो सँगत भएको हो । बबिता बानियाँ ‘जेरी’ भनेर बनाउन मैरो साथ छ ।

हामी लिभिङ टुगेदरमा बसेका थियौँ । काम गरेका थियौँ । हामीलाई सफला पनि मिलेको छ । कहिले काहिँ ठाक्कु ठुक्क पर्थ्यो । मैले धोका दिने योजना थिएन । विवाह गर्नुभन्दा अगाडि देखि नै ज्वाइँ र भेना भन्नेहरू हुनुहुन्थ्यो । सबै कुरा राम्रो छभने हामी किन छुट्टिने ? भोलिका दिनमा झन् नराम्रो हुन्छ कि ? भनेर हामीले विवाह गर्‍यौँ ।

मेरो भिसा सिद्धिएपछि नेपाल आएँ । बबिता बानियाँ ‘जेरी’ले नेपाल आएपछि भेट्नुपर्छ है भन्नुभएको थियो । म सिधै घर जान्छु । घरबाट फर्किएपछि तिमलाई भट्छु भनेको थिएँ । मसँग भेटेर मात्रै जानुस् भन्नुभयो । मैले भेटे पनि उहाँलाई । बसपार्कमा मेरो बहिनीसहित गएर भेट्यौँ । त्यति बेला कुरा गर्ने बेलामा उहाँले तपाई मलाई मन पर्‍यो भन्नुभयो । मिलेर अगाडि बढौं भन्ने कुरा गर्नुभयो । त्यस बेला फ्रेण्डसीपको हिसावले होला, भोलि के हुन्छ भन्ने कुरा थाहा हुँदैन मान्छेहरूमा । एकले अर्कालाई बुझ्नुपर्छ । संगत गर्नुपर्छ भन्थे मैले । उहाँले यो कुरामा अलिक जबरजस्ती नै गर्नुभएको हो । होइन तपाई त मलाई मन परेको छ ।

तपाईलाई त म छोड्दैन भन्ने टाइपको कुरा गरेर संगत गर्नुभयो । आफूलाई कसैले माया गर्छ भने कदर गर्नुपर्छ । अझै पनि माया लाग्छ । त्यस अर्थमा मैले उहाँलाई एक्सेप्ट गरे । त्यसपछि हामीले घरमा सल्लाह ग¥यौँ । बबिताले विदेशको भिसा क्यान्सल गर्न लगाएको भनेर बङ्ग्याएर समाचाल लेखाउनुभएको छ । त्यो केही पनि साँचो होइन । मेरो भिसा सक्किएर आफै आएँ । उहाँले तपाई जस्तो कला क्षमता भएको मान्छे नजानुस् हामी मिलर संघर्ष गरौँ भनेर साथ दिनुभयो ।

मेरो बहिनी काठमाडौंमा बसेर पढिरहेकी थिइन् । म बहिनीसँग बस्न थाले । बबिता बानियाँजी रुमा आउनु हुन्थ्यो । त्यस बेलासम्म उसँग प्रेम सम्बन्ध राख्नु भनेर सोँचेको थिइन । उहाँ रुपमा आउनु हुन्थ्यो । बस्नु हुन्थ्यो । मलाई अड् लाग्थ्यो । म तपाईलाई मायाँ गर्छु, तपाईसँग छुट्टिएर कहाँ बस्न सक्छु ? अलग भएर म किन बस्ने ? जसले जे सुकै भनोस् म तपाईसँग बस्छु भनेर उहाँले आफ्नो जिद्दिपना पनि देखाउनुभयो । मलाई पनि उनले माया गर्दो रहेछ भन्ने फिल हुन थाल्यो । मैले उहाँलाई विश्वास गरेँ । उहाँले मलाई तपाई पनि दोहोरी साँझमा काम गर्नुस् भन्नुभयो । जतिबेला मसँग उहाँको भेट भयो त्यति बेला उहाँ यस्तो चर्चामा केही पनि हुनुहुन्न थियो ।

उहाँले फेवा दोहोरी साँझमा दश हजारको तलबमा गीत गाउनु हुन्थ्यो । दोहोरी साँझमा तलब र टिप्स पनि हुन्छ भन्नुभयो । मैले दोहोरी साँझ पनि चिनेको थिएन । उहाँले ललितपुरको एउटा दोहोरी साँझमा लगेर मलाई काम लगाउनुभयो । काममा मलाई सपोर्ट गर्नुभयो । मलाई फेवामा लगेर जानुभयो । हामी दुबै जना काम छाडेर अरु दोहोरी साँझमा गयौँ । उहाँलाई धेरै जसो मेरो रुममा मसँगै बस्न आउनु हुन्थ्यो । मलाई पनि माया लाग्न थाल्यो । त्यसपछि हामी सँगै बस्न थाल्यौँ । लगभग हाम्रो सम्बन्ध २÷३ वर्ष लिभिङ टुगेदरमा बस्यौं ।

उहाँ चाहिँ अल्छी किसिमको मान्छे हुनुहुन्छ । मैले उहाँलाई उत्साह दिन थालेको हो । उहाँलाई चिनेको दोहोरीबाट भन्दा पनि गाईजात्राबाट हो । गाईजात्राको स्क्रीप्ट मैले लेखेको हो । डाइरेक्सन मैले गरेको हो । लगानी गरेको हुँ ।

Published : Wednesday, 2022 November 2, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया