बाँके र कञ्चनपुरमा लागूऔषधसहित पक्राउ

काठमाडौं । बाँके जिल्लामा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका–४ बोडिङ बस्ती मध्यवर्ती सामुदायिक बन जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय २० मिलिग्रामसहित सोही गाउँपालिका–४ बस्ने १९ वर्षीय निमबहादुर बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

उता, कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५४ ग्रामसहित बैतडीको पाटन नगरपालिका–६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द समेत ३ जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले पचुईबाट बेलौरीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ज १२८२ नम्बरको जीपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जीप चालक चन्द र जीपमा सवार अन्य २ जनालाई पक्राउ गरेको छ ।

लागुऔषधका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Sunday, 2022 October 30, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया