लोकदोहोरी गायिका जेरी र शंकरको डिभोर्स फाईल, छ महिनामै छोरी
काठमाडौं । लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीबीच सम्बन्ध विच्छेदका लागि कानून प्रक्रिया अगाडि बढेको छ ।
काठमाडौं जिल्ला अदालतमा दशैँ अगाडि बबिता र शंकरले सम्बन्ध विच्छेदको कागजपत्र पेश गरिसकेका छन् ।
छठको बिदापछि अदालत खुल्नेवित्तिकै बबिता र शंकरको सम्बन्ध विच्छेद हुने चर्चा छ ।
बबिता र शंकरबीच पाँच वर्ष प्रेमसम्बन्ध भएको थियो । त्यसपछि साढे दुई वर्ष अगाडि उनीहरुबीच विवाह भएको थियो । विवाह भएको छ महिनामै छोरीको जन्म भएको थियो । उनीहरुको छोरीको उमेर दुई वर्षको भएको छ ।
बबिताले आइतबार मात्रै जन्मदिन मनाएकी छिन् । काठमाडौंको जमलस्थित जुनकिरी दोहोरी साँझमा बबिता र शंकरले काम गर्दै आएका छन् । जुनकिरीमा बबिता र शंकरको पनि लगानी छ ।
बबितासँग सम्बन्ध विच्छेद गर्न लागेका शंकरको अर्की युवतीसँग प्रेससम्बन्ध रहेको चर्चा छ । बबितासँग सम्बन्ध विच्छेद गर्नेवित्तिकै शंकरले अर्की युवतीसँग विवाह गर्ने हल्ला पनि छ ।
शंकर प्रेमसम्बन्ध रहेकी युवती जुनकिरी दोहोरी साँझमा नै कार्यरत रहेको चर्चा छ ।
शंकरलाई बबिताले लोकदोहोरीको क्षेत्रमा सहयोग गरेर चर्चित बनाएकी हुन् । दुबईमा कार्यरत शंकरलाई बबिताले बोलाएर गायक बनाएको बताइन्छ ।
बबिताले शंकरसँग सम्बन्ध विच्छेद गर्ने पक्षमा छैनिन् । तर, शंकर कुनै पनि हालतमा सम्बन्ध विच्छेद गर्ने पक्षमा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया