प्रहरीद्वारा किशोर श्रेष्ठलाई शंकास्पद अवस्थामा पक्राउ

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले लागुऔषध मुद्दामा अदालतबाट सजाय पाएपछि फरार रहेका २६ वर्षीय किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरीले श्रेष्ठलाई घोराही उप–महानगरपालिका–१७ मा सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका बेला पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

घोराही–७ पर्सामा बस्दै आएका श्रेष्ठलाई दाङ जिल्ला अदालतले २०७५ सालको भदौ २ गते लागुऔषध मुद्दामा ८ महिना कैद सजाय र २५ हजार नगदी जरिवाना गरेको थियो ।

अदालतको फैसलापछि श्रेष्ठ फरार थिए । करीव ४ वर्षदेखि लुकीछिपी बस्दै आएका श्रेष्ठलाई दाङ प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ ।

Published : Thursday, 2022 October 20, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया