धनुषामा दसैंभित्रिएकै दिन पत्नीको हत्या, अर्घाखाँचीमा २ जना टोले गुण्डा पनि पक्राउ

चारनाथ । धनुषा जिल्लामा आफ्नै पत्नीको हत्यो अभियोगमा रेबिया सदालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार रेबियालाई प्रहरीले आफ्नी पत्नी ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबियालाई पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।

दसैं घरघरमा प्रवेश गरेकै दिन मादक पदार्थ सेवन गरेका रेबियाले पत्नी दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच, प्रहरीले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ राजिमेबाट एकनाले भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका–१ ओखटे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल लगायत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

लु.६४ प ८९०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दाकावाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त भरूवा बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

पाँचथरको याङवरक गाउँपालिका–३ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकबाट एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ४ वटा छर्रा र ३ थान टर्चलाईट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी नागीथर्पुबाट खटिएको प्रहरीले उक्त मन्दिर नजिक बाटोमा वेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो ।

Published : Tuesday, 2022 September 27, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया