काठमाडौंमा जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेल्ने १० जनलाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने माधव गौतमको घरमा जुवातास खेलिहरको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ घर भएका ५२ वर्षीय मिङमार तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ७ सय ८० रुपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

उता, भक्तपुर नगरपालिका–५ गोलमढी बस्ने अमित ज्याख्वको जुजु नेवा किचेन रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० कमलबिनायक बस्ने २६ वर्षीय सुदीप वैद्यसमेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार १ सय ९० रुपियाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Saturday, 2022 September 24, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया