स्टार सहकारीलाई मर्जर गराउने लालीगुराँसको अर्को बोल्ड निर्णय
पुल्चोक । श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले स्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग मर्जर गर्ने निर्णय गरेको छ ।
ललितपुरको पुल्चोकमा मुख्यालय रहेको लालीगुराँसको बुधबार बसेको बोर्डको बैठकले लगनखेल कार्यालय रहेको स्टार बचत तथा ऋण सहकारीलाई मर्जर गर्ने निर्णय गरेको लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताएका छन् ।
बिहीबार लालीगुराँस र स्टारबीच मर्जरको सम्झौतमा हस्ताक्षर हुने तयारी छ ।
यसअघि, लालीगुराँस र गतिशील बहुउदेश्यीय सहकारी संस्था लिमिटेडबीच मंगलबार मर्जर गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
लालीगुराँसले आगामी ६ महिनाभित्र कम्तीमा १५/२० वटा सहकारीसँग मर्जर गरेर अगाडि बढ्ने नीति लिएको छ ।
ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था बलियो सहकारीमा पर्छ । विगत २३ वर्षदेखि गुणस्तरीय सेवा दिँदै आएको लालीगुराँसको लगानी पारदर्शी छ ।
लालीगुराँसले आफ्नो हिसाब किताब आफ्ना सदस्य र निक्षेपकर्ताले हेर्न चाहेमा जतिबेला पनि उपलब्ध गराउँदै आएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया