तस्करहरूको नयाँ हर्कतबाट छक्कै परे एसपी पंगेनी, राज्यलाई ठूलो फाइदा

मनराशिस्वा । जिल्ला प्रहरी कार्यालय महोत्तरीले रक्सीका तस्करहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार बेलुकी साढे ७ बजे मनराशिस्वा नगरपालिका– ५ स्थित नेपाल–भारत दशगाज नजिकै सडकबाट प्रहरीले भन्सार छली गरिएको अबैध रक्सी बरादम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले बताएका छन् ।

भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याई बेवारिसे अवस्थामा राखिएको एउटा स्कारपियो गाडी र दुई वटा मोटरसाईकल नियन्त्रणमा लिइएको एसपी पंगेनीले बताए ।

भारतीय नम्बर प्लेटका सवारी साधनबाट प्रहरीले रक्सी बरामद गरेको छ । मोटरसाईकलको सिटमुनि ट्याङ्की बनाएर तस्करहरूले रक्सी ओसारपसार गरेको अनुसन्धानका क्रममा देखिएको छ । तस्करहरूको हर्कत र चर्तिकलाबाट महोत्तरी प्रहरी पनि चित खाएको छ ।

‘गौरब’ नामको सोफी रक्सीहरू रु. ७५ हजार १ सय ८० र २ वटा मोटरसाईकलको रु.२ लाख तथा १ वटा स्कारपियोको रू.१७ लाख गरी जम्मा रु. १९ लाख ७५ हजार १ सय ८० रुपियाँ मूल्य बराबरको भन्सार छलीका सामानहरू बरामद गरिएको एसपी पंगेनीले बताए ।

प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय जनकपुर धनुषामा बुझाएको छ ।

Published : Tuesday, 2022 September 20, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया