लालीगुराँस र गतिशीलबीच मर्जर गर्ने सहमति, सहकारीमा ठूलो आर्थिक क्रान्तिको संकेत, झन् पावरफुल हुँदै लालीगुराँस

पुल्चोक । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र गतिशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच मर्जर प्रक्रियामा जाने सहमति भएको छ ।

ललितपुरमा मंगलबार लालीगुराँसका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र गतिशीलका कार्यबाहक अध्यक्ष विकासबहादुर थापाबीच सहमति पत्रमा हस्ताक्षर भएको जारी प्रेस नोटमा उल्लेख छ ।

ललितपुरमा मुख्यालय रहेका दुबै सहकारी मर्जर हुनेवित्तिकै निक्षेपकर्तासहित सबैलाई झन् फाइदा र सेवासुविधामा वृद्धि हुनेछ ।

लालीगुराँसका प्रमुख कार्यकारी निर्देशक भण्डारीले निक्षेपकर्ताहरूको हित तथा सेवासुविधाका लागि मर्जरको नीतिअनुसार अगाडि बढेको बताएका छन् ।

भण्डारीले लालीगुराँसमा क्रमशः अन्य सहकारीहरूलाई पनि मर्जर गराउने नीति लिइएको बताएका छन् ।

लालीगुराँसमा ललितपुरकै स्टार बचत तथा ऋण सहकारीलाई पनि मर्जर प्रक्रियामा ल्याउन धेरै अगाडि कुराहरू बढेको छ ।

लालीगुराँसलाई आर्थिक रुपमा थप शक्तिशाली र ठूलो बनाउन व्यवस्थापनले मर्जरको नीति अगाडि बढाएको हो ।

ठूला बैंकहरू धमाधम मर्जर भइरहेका बेला नेपालकै आर्थिक रुपले ठूलो, सक्षम र बलियो मानिएको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अन्य सहकारीहरूलाई मर्जर गर्न शुरु गरेको छ ।

लालीगुराँसको यो कार्य निकै सह्रानीय रहेको सहकारीका अभियन्ता र अर्थविज्ञहरूले जनाएका छन् । २३ वर्षदेखि लालीगुराँसले निरन्तर सेवा दिँदै आएको छ ।

लालीगुराँसको चितवनमा आफ्नै गाई फर्म, गोदावरीमा डेरी उद्योग, अस्पताल, कलेजलगायत रहेका छन् । बहुउदेश्यीय सहकारीमा लालीगुराँस निकै शक्तिशाली मानिन्छ । यसका शाखाहरू काठमाडौं उपत्यका र उपत्यका बाहिर पनि छन् । लालीगुराँसले सयौं व्यक्तिलाई रोजगारी समेत दिएको छ ।

धेरै सहकारी र बैंकहरू हुँदा निक्षेपकर्ता तथा सेवाग्राहीलाई सेवा लिन झन्-झन्झटिलो थियो । मर्जरको नीतिले निक्षेपकर्ता र सेवाग्राहीलाई सेवा लिन सहज हुनेछ । केही सहकारीमा देखिएका विकृतिहरूलाई अन्त्य गर्न मर्जरको यो कार्यले ठूलो सहयोग मिल्नेछ ।

(समाचारमा बलराम पाठकको नाम असावधानीपूर्वक समावेश भएकोमा सच्याइएको छ । सम्पादक)

Published : Tuesday, 2022 September 20, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया