काठमाडौंमा कपाल काटेको मूल्य २ सय पुग्यो

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सबै सैलुनको शुल्क वृद्धि गरेको छ ।

संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ ।

कपाल काटेको शुल्क कम्तीमा २०० रुपियाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १५० रुपियाँ थियो ।

दाह्री काटेको शुल्क १२० देखि २०० रुपियाँ तोकिएको छ ।

कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपियाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपियाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपियाँसम्म बढेको संघले जनाएको छ ।

घरभाडासहित हरेक बस्तुमा भाउ बढेको भन्दै संघले मूल्य वृद्धि गरेको जनाएको छ ।

Published : Monday, 2022 September 19, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया