गाडी किन्दा नयाँ नियम लागू, उपभोक्तालाई तनाब थपियो

काठमाडौं । सरकारले चार पाङ्ग्रे गाडी खरिदमा गर्दा नयाँ नियम लागू गरेको छ ।

आन्तरिक राजस्व विभागले गाडी खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने नियम लागू गरेको हो ।

विभागले बिहीबार सूचना जारी गरेर अबदेखि चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर अनिर्वाय दिनुपर्ने उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षको बजेटको ३९१ बुँदामा उल्लेख भएअनुसार पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने भएकाले सम्बन्धित निकायलाई कार्यान्वयन गर्न विभागले सूचित गरेको सूचनामा उल्लेख छ ।

विभागले प्यान नम्बर विक्रेताले विक्री विजकमा उल्लेख गर्नुपर्ने भएकाले अनिर्वाय रुपमा पेश गर्न सबै सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई आग्रह गरेको छ ।

सरकारले विभागमार्फत शुरु गरेको नयाँ नियमले चार पाङ्ग्रे गाडीका उपभोक्तालाई सवारी साधन खरिदमा झञ्झट हुने भएको छ ।

Published : Friday, 2022 September 16, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया