दाङ–काठमाडौं रुटमा सुविधा सम्पन्न सेभेन स्टार बसहरू सञ्चालन

घोराही । दाङबाट काठमाडौं आवत–जावतका लागि त्रि–सिद्देश्वरी राप्ति यातायात सेवा प्रालिले दसैँलाई मध्यनजर गर्दै स्तरीय बस सेवा सञ्चालनमा ल्याएको छ ।

सबैभन्दा पुरानो र तत्कालीन राप्ती समितिले यसअघि एसी, डिलक्स र ब्लु स्काई बसहरू दाङ–काठमाडौं रुटमा सञ्चालन गर्दै आएको थियो ।

बदलिदो समयको मागअनुसार त्रि–सिद्देश्वरी प्रालिले यस वर्षको दसैँ, तिहार जस्ता चाडपर्वमा यात्रुहरूको सुविधाका लागि नेपालमै पहिलो पटक युरो फोर, कुलरसहितको सेभेन स्टार डिलक्स बसहरू सञ्चालनमा ल्याएको छ ।

नेपाली कांग्रेस तुलसीपुर उप–महानगरपालिका कार्यसमितिका सभापति समेत रहेका प्रालिका अध्यक्ष सुरेश हमालले काठमाडौं बाहेकका अन्य रुटहरूमा समेत दसैँ, तिहारसहितका पर्वलाई ध्यानमा राखेर बस सेवा सञ्चालन गरिएको बताए ।

यात्रुलाई मैत्रीपूर्ण वातावरणमा सेवा दिन आफूहरूको उदेश्य रहेको अध्यक्ष हमालले बताएका छन् । अहिले चार वडा सेभेन स्टार बसहरूबाट सेवा सञ्चालन गरिएको छ ।

यात्रुहरूको माग र चापअनुसार अन्य बसहरू थप्दै जाने प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले जानकारी दिएका छन् ।

प्रत्येक दिन तुलसीपुरबाट साँझ ५:४५ र काठमाडौं बसपार्कबाट ७:१५ बजे सेभेन स्टार बसहरू छुटने तालिका मिलाइएको प्रालिका सञ्चालक प्रितमकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

Published : Wednesday, 2022 September 14, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया