मालढुंगामा कृष्ण र अमृत पक्राउ, बागलुङ प्रहरीलाई सफलता

बागलुङ । बागलुङ प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

भदौ २२ गते साँझ प्रहरीले मालढुङ्गा प्रहरी चेकप्वाईन्टमा चेकजाँचका क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

काठमाडौंबाट बागलुङतर्फ आउँदै गरेको बा ३ ख ९११२ नम्बरको माईक्रोबसलाई चेकजाँच गर्ने क्रममा १८ वर्षीय कृष्ण नेपाली र १९ वर्षीय अमृत परियारलाई पक्राउ गरिएको छ ।

कृष्णको स्थायी घर गोरखाको पालुङटार नगरपालिका–६ मा पर्छ ।

कृष्णको साथमा रहेको कालो रङ्गको झोला चेकजाँच गर्दा झोलाभित्र रातो सपिङ्ग ब्यागमा लुकाई–छिपाई ल्याएको लागुऔषध टामाडोल लेखेको ५८ पत्तामा ५७८ क्यापसुल, निट्राजेम्पा लेखेको १ पत्तामा ९ क्यापसुल, गाँजाको धुलो २५ ग्राम समेत बरामद भएको छ ।

लागुऔषध लिन बागलुङ नगरपालिका–२ समिट चोकमा कुरिरहेको अवस्थामा बागलुङ नगरपालिका–९ तित्याङ घर भएका अमृतलाई समेत नियन्त्रणमा लिएको एसपी ज्ञवालीले बताए ।

पक्राउ परेका उनीहरूलाई प्रहरीले बागलुङ जिल्ला अदालतमा पेश गरेर १० दिनको म्याद लिएको छ ।

Published : Friday, 2022 September 9, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया