नेपालसँग हारेको भुटानले दशरथरंगशालामा कमाल देखायो

काठमाडौं । भुटाले साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई पराजित गरेर ऐतिहाँसिक जित दर्ज गराएको छ ।

शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै भुटानले साफमा पहिलो जित निकालेको हो । सन् २०१० यता साफ खेलिरहेको भुटानले पहिलो जित निकाल्न सफल भएको छ ।

भुटानलाई ऐतिहासिक जितमा डेखी लाजोमले २ तथा नामङ्याल डेमा, छिरिङ लादेन, छिरिङ याङ्देनले समान १ गोल गरेका छन् ।

पहिलो हाफमा १–० को अग्रता बनाएको भुटानले दोस्रो हाफमा ४ गोल थप्यो। खेलको ४२औं मिनेटमा नामङ्यालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

खेलको ५०औँ मिनेटमा डेखीले अग्रता दोब्बर पारिन् । ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै डेखीले खेललाई ३–० को अवस्थामा ल्याइन् ।

श्रीलंकाकी सेलबाराज युवारानीले पेनाल्टी बक्समा फाउल गरेपछि भुटानले पेनाल्टी पाएको थियो । ८४औं मिनेटमा छिरिङले गोल गर्दै ४–० को अवस्थामा ल्याइन् ।

भुटानकी कप्तान गलेको प्रहारलाई श्रीलंकाको गोलकिपर योहानी विरासिङ्गीले पञ्च गर्दै बचाएपछि रिबाउन्डमा छिरिङले खाली पोष्टमा गोल गरिन् । खेल सकिन १ मिनेट बाँकी छँदा भुटानले ५–० को फराकिलो अग्रता बनाएको छ ।

८९औं मिनेटमा छिरिङ याङदेनले गोल गरिन् । जितसँगै भुटानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

श्रीलंकाले समूह चरणको अन्तिम खेलमा घरेलु टोली नेपालसँग खेल्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

Published : Friday, 2022 September 9, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया