नेपाली बजारमा सुगर र क्यालोरीबिनाको कोका–कोला

काठमाडौं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ ।

जेरो सुगर र क्यालोरीबिना ओरिजिनल कोका–कोलाको स्वादको नयाँँ प्याक बजारमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजीबी बोतलहरू बातावरण–मैत्री छन् ।

यसको ग्लास प्याकेजिङले कोका–कोलालाई लामो समयसम्म रेफ्रेश बनाई राख्छ ।

कोका–कोला जेरो सुगर आरजीबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपियाँमा २५० मिलिलिटरको ग्लास बोतलमा उपलब्ध छ ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी हाम्रा उपभोक्ताहरूको लागि हरेक परिस्थितीहरूमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ ।’

‘चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा । यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबि प्याकमा पनि यहाँँहरु माझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ’, उनले भनेका छन् ।

‘जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताहरूको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो’, उनले भनेका छन् ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कोका–कोला जेरो सुगरको आरजीबी प्याक नेपाली बजारमा जेरो क्यालोरी रिफ्रेश्मेन्टको किफायती विकल्प रहेको बताएका छन् ।

कोका–कोला जेरो सुगरको नयाँँ आरजीबी प्याक २५० मिलिमा उपलब्ध छ । यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा उपलब्ध रहेको छ ।

Published : Saturday, 2022 September 3, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया