खेलाडीलाई ललितपुरमा सम्मान, प्रथम हुनेलाई आजीवन ६ हजार : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले खेलाडीलाई सम्मान गर्न लागेको बताएका छन् ।

बिहीबार ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित कार्यक्रममा बानियाँले गठबन्धनको सरकार रहेको भन्दै खेलाडीको सम्मान गर्ने बताए । उनले राष्ट्रिय प्रतियोगितामा ९ वटा खेलामा प्रथम हुनेलाई आजीवन मासिक रुपियाँ ६ हजार रुपियाँ दिने निर्णय भएको बताए ।

कांग्रेससहितको गठबन्धनको बागमती सरकारले खेलाडीलाई ६ हजार रुपियाँ दिने निर्णय गरेको उनले बताए ।

सभापति बानियाँले खेलकुदको क्षेत्रबाट टिकट पाएर जितेर आउनेलाई कांग्रेसले खेलकुद मन्त्री बनाउने बताए ।

ललितपुर खेलकुद विकास समितिको अध्यक्षमा विनोद महर्जनलाई युवा नेता मीनकृष्ण महर्जनको सिफारिसमा अध्यक्ष बनाएको उनले बताए ।

कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को लागि खेलाडी पोशाक वितरण तथा भुटानमा सम्पन्न साउथ एसियन किकबक्सिङ च्याम्पियनसीप २०२२ का पदक विजेता खेलाडीहरूलाई सम्मान तथा बधाई दिइएको थियो ।

Published : Thursday, 2022 September 1, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया