आशंका नै नगरिएको हाइलेबलको गिरोहलाई काठमाडौं प्रहरीद्वारा पक्राउ, नाइट क्लवका युवा युवतीहरू चकित

काठमाडौं । नेपाल प्रहरीले स्वदेशी र विदेशी महँगा रक्सीहरू केमिकल र मिसावट गरे नक्कली हर्कत गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीले भदौ ७ गते काठमाडौंको कोटेश्वरस्थित इलाकाबाट बिभिन्न ब्राण्डका नक्कली रक्सीसहितको गिरोहलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष सूचनामार्फत तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरसमेतबाट बिशेष प्रहरी टोली परिचालन गरी अवैध हर्कत गर्ने व्यक्तिहरू पक्राउ गरेको हो ।

प्रहरीले हरि वली भन्ने ब्यक्तिको संलग्नता पाइएकोले उनको डेराबाट बिभिन्न ब्राण्डका मदिराहरू ४ कार्टुन सिल प्याक गरिएको अवस्थामा फेला पारी बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हरि वलीसँग थप सोधपुछ लगायतको अनुसन्धान कार्य शुरु गरिएकोमा उक्त मदिरा उत्पादन, ओसार पसार, भण्डारण तथा बिक्री बितरण गर्ने कार्यमा संलग्न अन्य ३ जना व्यक्तिहरूको पहिचान खुल्न आएकोले निजहरूलाई समेत नियन्त्रणमा लिइएको छ ।

नक्कली मदिरा उत्पादन गर्ने मुख्य व्यक्तिको पहिचान तथा फ्याक्ट्रीको अवस्थितिसमेत भक्तपुरको चाँगुनारायण नगरपालिका– २ दुवाकोट रहेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरसमेतको समन्वय तथा सहकार्यमा उत्पादनकर्ता भगवान बस्नेतलाई नियन्त्रणमा लिई नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा छापा मारी विभिन्न बराण्डका नक्कली तयारी मदिरा र सो उत्पादन गर्न प्रयोग गरिने बिभिन्न सामाग्री बरामद गरिएको छ ।

प्रहरीले दोलखाको कालिञ्चोक–९ स्थायी घर भई हाल काठमाडौं– ३२ कोटेश्वर बस्ने वर्ष २४ को हरि वलीलाई पक्राउ गरेको छ ।
भीमेश्वर–८ स्थायी घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण बस्ने वर्ष को ३९ भगवान बस्नेत पनि पक्राउ परेका छन् ।

कालिञ्चोक–४ स्थायी घर भई हाल काठमाडौं जिल्ला महाबौद्ध बस्ने वर्ष २० को विशाल वली पनि पक्राउ परेका छन् ।

रामेछापको खाँडदेवी–२ स्थायी घर भई हाल काठमाडौंको मूलपानी बस्ने वर्ष २७ को मनोज खत्री पनि पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौंको ठमेल बस्ने वर्ष २७ का गोपी श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले डबल ब्ल्याक लेबल ८ बोतल, ब्ल्यक लेबल ११ बोतल, ज्याकडेनियल ११ बोतल, गोल्डेन वेक ९६ बोतल, आन्तरिक राजश्व भिवाग लेखिएको स्टिकर ९२ थानलगायतका सामान बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो गिरोहले आफ्नो नक्ली रक्सीलाई होटेल, रेष्टुरेन्ट, डिस्को क्लवहरूमा सस्तोमा बिक्री गर्दै आएको यियो ।

Published : Monday, 2022 August 29, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया