सेनाले लिगलिगकोट दौड प्रतियोगिता गर्ने
काठमाडौं । नेपाली सेनाले ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरवार म्याराथन दौड–२०७९’ संचालन गर्ने भएको छ ।
प्रतियोगिता नेपाली सेनाको संयोजकत्वमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाको संयुक्त रुपमा आयोजना हुनेछ ।
राष्ट्रव्यापी ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरवार म्याराथन दौड प्रतियोगिता–२०७९’ भदौ २५ गते संचालन हुने सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
म्याराथन दौड भदौ २५ गते बिहान ६ बजे लिगलिगकोटबाट शुरु हुनेछ ।
प्रतियोगितामा सहभागी हुन रजिष्ट्रेसन फर्म दर्ता गर्ने क्यूआर कोडमार्फत अनलाइन रजिष्ट्रेसन गर्न सकिने सेनाले जनाएको छ ।
दर्ताका लागि रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म खरिद गरी दर्ता गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
रजिष्ट्रेसन फर्म भदौ ३ गतेसम्म दर्ता गर्नुपर्नेछ । दर्ता शुल्क प्रतिव्यक्ति ५ सय रुपियाँ राखिएको छ । म्याराथन दौडको दुरी ४० किलोमिटर रहेको छ ।
म्याराथन संचालन हुने रुट लिगलिगकोट–आँपपिपल भञ्ज्याङ्ग–चित्रेपोखरी–छोप्राक–चोरकोटे–छेवेटार–पस्लाङ्ग–ठूलो आँगन हुँदै गोरखा दरबार रहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया