भारतको फिफासँगको लफडा समाप्त, हट्यो प्रतिबन्ध

नयाँदिल्ली । फिफाले भारतीय फुटबल संघमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

शुक्रबार फिफाले भारतीय फुटबल संघमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो ।

भारतको सर्वोच्च अदालतले फिफाको कमिटी अफ एड्मिनिस्ट्रेटरको म्यान्डेट खारेज गरेसँगै फिफाले भारतीय फुटबल संघमाथि प्रतिबन्ध लगाएको थियो ।

फिफाले अगष्ट १५ मा आफ्नो निर्णयमा तेस्रो पक्षले अनुचित हस्तक्षेप गरेको भन्दै प्रतिबन्धको निर्णय गरेको थियो ।

सोही कारण भारतमा हुने भनिएको यू–१७ महिला विश्वकप अनिश्चित बनेको थियो ।

अब सो विश्वकप आयोजनाको बाटो खुलेको छ ।

Published : Saturday, 2022 August 27, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया