‘मायाले बाँधेर त हेर’मा सुनिल–अनुको अभियन

काठमाडौं । ‘मायाले बाँधेर त हेर’मा मोडल सुनिल न्यौपाने र नायिका अनु शाहको अभिनय रहेको छ ।
‘मायाले बाँधेर त हेर’ गीत समिप इन्टरटेनमेन्ट प्रा.लि.को पहिलो प्रस्तुति हो ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा म्युजिक भिडियोलाई संगीतकार राजु सिंहले सार्वजनिक गरेका छन् । म्युजिक भिडियो समिप इन्टरटेनमेन्टको यूट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा बाल कलाकारमा समिप न्यौपानेले अभिनय गरेका छन् ।
समिप इन्टरटेनमेन्टकी अध्यक्ष मीना बर्तौलाले म्युजिक भिडियोबाट आफूहरू निकै उत्साहित भएको बताएकी छिन् । उनले म्युजिक भिडियोको सम्पूर्ण टिमलाई धन्यावाद र बधाइ पनि दिएकी छिन् ।
अध्यक्ष बर्तौलाले समिप इन्टरटेनमेन्टले सांगीतिक क्षेत्रमा पहिलो पाइला चालेको बताइन् । उनले आगामी दिनमा छुट्टै पहिचान बनाउँदै व्यावसायिक रुपमा भन्दा पनि कला र संगीतकर्मीहरूलाई केही राहात मिल्नेगरी काम गर्ने बताइन् ।
कम्पनीमार्फत् बजारमा आएका सांगीतिक कोसेलीहरूको आम्दानीको केही भाग समाज सेवामा खर्चिने बर्तौलाले बताएकी छिन् ।
कार्यक्रममा संगीतकार सिंह, गायक एवं संगीतकार यम बराल, संगीत व्यवसायी ईश्वर गुरुङ, संगीतकार राम सिटौलालगायतको उपस्थिति रहेको थियो ।
सिंहले समिप इन्टरटेनमेन्टको पहिलो प्रस्तुति ‘मायाले बाँधेर त हेर’लाई विशेष शुभकामना दिएका छन् । उनले सांगीतिक क्षेत्रमा प्रवेश गरेकोमा कम्पनीकी अध्यक्ष बर्तौलालाई शुभकामना दिएका छन् ।
गायक यम बरालले गीतको भिडियो निकै उत्कृष्ट बनेको बताएका छन् । आगामी दिनमा अनु र सुनिलको जोडी ज्यादै जम्ने बरालले बताए ।
‘मायाले बाँधेर त हेर’मा नेक्सन लोहनी र प्रविशा अधिकारीको स्वर रहेको छ । गीतमा शब्द र संगीत दिलिप समनको रहेको छ ।
ईशा शाह ठकुरीले कोरियोग्राफी गरेको म्युजिक भिडियोको छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् ।
म्युजिक भिडियो पर्यटकीय नगरी पोखरामा छायाँकन भएको निर्देशक दिलिप समनले बताएका छन् ।
कार्यक्रममा गायिका अधिकारी र मोडल शाहले गीत तयारीका अवसरमा भोगेका अनुभवहरू पनि शेयर गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया