काठमाडौंमा जुवाको अखडामा छापा, बुद्धशान्तिका खुलाल किशोरी काण्ड पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले ११ जनालाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ३६ वर्षीय भोला तिमिल्सेना समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार २ सय ५० रुपियाँ र एक बुक तास सहित पक्राउ गरेको हो ।

उता, कास्कीको पोखरा महानगरपालिका–१० उत्तम चोकबाट लुडो खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१९ पुरन्चौर बस्ने ३६ वर्षीय श्याम श्रेष्ठ समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ४ हजार ५ सय रूपियाँ बरामद गरेको छ ।

यसैबीच, झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राति बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः ईलाम हर्कटेस्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2022 August 24, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया