अपराध गरेर भागेका अर्जुन भक्तपुरमा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले काभ्रेपलाञ्चोकका ३८ वर्षीय अरुणकुमार गौतम ‘अर्जुन’लाई पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चौरीदेउराली गाउँपालिका–५ घर भई काठमाडौंको जोरपाटी बस्ने गौतमलाई बिहीबार प्रहरीले झक्तपुरबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ छ ।

उच्च अदालत पाटन ललितपुरको गत असार ६ गतेको फैसलाले बैंकिङ कसूरमा ८ लाख ३० हजार रुपियाँ जरिवाना ठहर भएपछि गौतम फरार रहेका थिए ।

उनलाई प्रहरीले भक्तपुरको बालकोटबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

Published : Thursday, 2022 August 18, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया