निजामती-सुरक्षाकर्मीसहित सबै कर्मचारीको यस्तो छ नयाँ तलबमान, कसको कति ?

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले बजेट भाषणअनुसार असार १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान कार्यान्वयन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए ।

सोमबार अर्थ मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको हो ।

नयाँ तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपियाँ पुगेको छ ।

नेपाली सेनाका प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपियाँ पुगेको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरिक्षकको तलब २ ग्रेडसहित ७६ हजार ८ सय ८८ रुपियाँ पुगेको छ ।

Published : Tuesday, 2022 August 16, 2:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया