प्रहरीको आईजीपीदेखि जवानसम्मको यस्तो छ नयाँ तबलमान

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षकसहित सबै प्रहरी कर्मचारीहरूको तलब बढाएको छ ।

अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुनेगरि नयाँ तलबमान सार्वजनिक गरेको छ ।

प्रहरी महानिरीक्षकको शुरुको तलब स्केल ७२ हजार ८२ रुपियाँ हुनेछ । ग्रेड दर २ हजार ४०३ रुपियाँ हुनेछ ।

एआईजीका ७२ हजार ८२ हुनेछ । डीआईजीको ६० हजार ९५० भएको छ ।

एसएसपीको ५६ हजार ७८७, एसपीको ५२ हजार २७९, डीएसपीको ४८ हजार ७३७, ईन्स्पेक्टरको ४३ हजार ६८९, बरिष्ठ नायब निरीक्षकको ४० हजार ९९८, नायब निरीक्षकको ३४ हजार ७३०, सहायक निरीक्षकको ३२ हजार ८५९, बरिष्ठ हवल्दारको २८ हजार ५२०, हवल्दारको २७ हजार ६१२, सहायक हवल्दारको २६ हजार ५५४, जवानको २६ हजार ८२ र रिक्रुटको २४ हजार ७०२ तबलमान भएको छ ।

प्रहरीको कार्यालय सहयोगी पाँचौँस्तरको ३२ हजार ८५६, चतुर्थको २९ हजार ७२८, तृतीयको २७ हजार ६१२, द्वितीय २६ हजार ८२ र प्रथमको २४ हजार ७०२ तलबमान भएको छ ।

Published : Tuesday, 2022 August 16, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया