जरैसम्म पुगेर लागुऔषधद्वारा काठमाडौंमा ठूलो गिरोह पक्राउ, एसएसपी खनालले भत्काइदिए जालो

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध डाइलेक्स, नाईट्राभेट ट्याब्लेट र खैरो हिरोइनसहित २२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई लागुऔषध हेरोइन मुद्दा र नियन्त्रित लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको ब्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले जानकारी दिएका छन् ।

ब्यूरोको टोलीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ स्थायी ठेगाना भएकी ३३ वर्षीया तुलसा खड्कालाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ । खड्कासँग प्रहरीले नाइट्रोभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन १५० थान क्याप्सुल, डाइलेक्स डीसी (कोडिन) ६ बोतल बरामद गरेको छ । खड्कासँग अन्य सामग्री पनि बरामद भएका छन् ।

तुलसा खड्कालाई लागुऔषध कारोबारमा सहयोग गर्ने सुनसरीको बराह नगरपालिका–७ ठेगाना भएका २७ वर्षीय युवराज खड्कालाई इमाडोलबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रौतहटको डुमरियाना–२ घर भएका ४६ वर्षीय किशोर चौलागाइँ, सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका–१ घर भएका गोकर्णेश्वर–८ बेसीगाउँ बस्ने ४७ वर्षीय मानबहादुर तामाङ रहेका छन् । तामाङसँग प्रहरीले १२७ बोतल डाइलेक्स डीसी बरामद गरेको छ ।

मानबहादुर तामाङलाई लागुऔषध उपलब्ध गराउने सर्लाहीको हरिवन नगरपालिका–४ घर भइ गोकर्णेश्वर बस्ने ३५ वर्षीय बुद्धबहादुर बोम्जन, किशोर चौलागाइँलाई लागुऔषध उपलब्ध गराउने सर्लाही ईश्वरपुर नगरपालिका–६ ठेगाना भएका २१ वर्षीय विपिन कुसहवा ‘सन्तोष’, रौतहटको गरुडा नगरपालिका–९ बस्नेत २५ वर्षीय सुभाष राय यादव, सोही ठाउँका १९ वर्षीया मोहमद आसफाक आलम पनि पक्राउ परेका छन् । उनीहरूसँग प्रहरीले डाइलेक्स डीसी ९४७ बोतल जडीबुटीबाट बरामद गरको थियो ।

मानबहादुर तामाङलाई लागुऔषध उपलब्ध गराउने सर्लाहीको हरिवन नगरपालिका–३ ठेगाना भएका ४२ वर्षीय रतन मोक्तान र २८ वर्षीय दीपक श्रेष्ठलाई पनि प्रहरीले डाइलेक्स डीसीसहित पक्राउ गरेको छ ।

ब्यूरोले लागुऔषधसहित १ महिला र ९ पुरुषसहित १० जना पक्राउ गरेको छ । ११८० बोतल डाइलेक्स डीसी (१ हजार एमएल), नाइट्राभेट ट्याब्लेट १२६० थान र प्रोक्सीभन १५० थान क्याप्सुल बरामद गरिएको एसएसपी खनालले बताएका छन् ।

ब्यूरोले लागुऔषध खैरो हेरोइन सहित ३ महिला र ९ पुरुष गरी १२ जना पक्राउ गरेको छ । उनीहरूसँग प्रहरीले ४५९ ग्राम खैरो हेरोइन बरामद गरेको प्रवक्ता (एसपी) योगेन्द्रकुमार खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ब्यूरोको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिका–१ बस्ने २७ वर्षीय राजकुमार तामाङ, मौवाखोला– १ बस्ने ३५ वर्षीय सुशीला तामाङलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको छ ।

सुशीला तामाङलाई खैरो हेरोइन उपलब्ध गराउने झापाको भद्रपुर नगरपालिका–२ कि २० वर्षीया संचमाया तामाङ, मेचीनगर–१५ बस्ने ३१ का मनिराज लिम्बुलाई लोकन्थलीबाट पक्राउ गरिएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका–१० बस्ने २० वर्षीय उपेन्द्र जाग्री, झापाको शिवसतासी–९ बस्ने ३३ वर्षीय प्रेमहाङ सेलिङ, सोही ठाउँका ३७ वर्षीय योगेश लिङदेन, बुद्धशान्ति–४ का २७ वर्षीय विदुर आङ्बोलाई पनि मनोहराबाट पक्राउ गरिएको छ ।

रामेछापको रामेछाप– ९ बस्ने ४० वर्षीया जुनमाई मोक्तानलाई गोकर्णेश्वरबाट पक्राउ गरिएको छ । काठमाडौंका ४३ वर्षीय अनुज शाही, इलामका ३२ वर्षीय दीपेश विश्वकर्मा र फिदिमका ३० वर्षीया काजीमान गुरुङलाई धापासीबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ब्यूरोले लागुऔषधसहित २२ जना पक्राउ गरेको छ । कुल बरामद लागुऔषध हेरोइन ४५९ ग्राम, लागुऔषध डाइलेक्स डीसी (१ हजार एमएल) ११८० बोतल, लागुऔषध नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थान रहेको छ । यसको कुल अबैध बजा मूल्य ५८ लाख १० हजार ८ सय पर्ने एसएसपी खनालले बताए ।

हेरोइनको प्रतिग्राम रु.१० हजार, डाइलेक्स डीसी प्रतिबोतल १ हजार, नाइट्राभेट ट्याब्लेट रु.३० प्रतिट्याब्लेट र प्रोक्सिभोन रु.२० प्रतिक्याप्सुल रहेको छ ।

यसअघि, ब्यूरोले चार किलो लागुऔषध हेरोइनसहित ३ जनालाई पक्राउ गरेको थियो ।

असार ३२ गते शनिबार ४ किलो लागुऔषध हेरोईन जस्तो देखिने धुलो पदार्थसहित २ जना विदेशी र १ नेपालीसहित ३ जनालाई पक्राउ गरिएको हो । नेपाली बजारमा ४ किलो हेरोइनको मूल्य अन्दाजी ८ करोड पर्छ ।

अफ्रिका, दुबईसहितका देशको विमानस्थलका सुरक्षाकर्मीहरूको जाँच र सुरक्षा छलेर ल्याइएको चार किलो हेरोईनलाई काठमाडौंमा प्रहरीले पक्राउ गरेर ठूलो उपलब्धी हातपारेको थियो ।

चार किलो हेरोइन र मानिसहरू पक्राउ गरेको केही समयभित्रै ब्यूरोले लागुऔषधको ठूलो सञ्जाल पक्राउ गरेको छ ।

Published : Thursday, 2022 August 4, 8:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया